मुख्य समाचार

असाेक दर्जीले सुनाय प्रधान मन्त्री लाई गित


सिन्धुली साउन:१९

रातारात युटुबमा गीत गाएर भाइरल बनेका झापा दमकका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा अशोकले प्रधामन्त्री ओली सामु आफ्नै  ‘मन विनाको धन ठुलो कि धन विनाको मन’ बोलको गीत गाएर सुनाए । अशोकको गीत सुनिसकेपछि प्रधानमन्त्री ओलीले अशोकको गीतको प्रशंसा गरेका थिए । ओलीले आफूलाई गीतसंगीत निकै मन पर्ने भएकाले पनि संगीतप्रेमी धेरैलाई माया गर्ने गरेको बताए ।

भेटमा प्रधानमन्त्री ओलीलाई झापामा बन्दै गरेको अशोकको घर हन्तान्तरण कार्यक्रममा आइदिन अनुरोध गरिएको छ । यसबिषयमा ओली सकारात्मक भएको गायक टंकले जनाएका छन् । कुनै समय झापाको सडकमा गीत गाउँदै हिँड्ने बालकको अफिसियल म्युजिक भिडियो धेरैले मन पराएका छन् । 

अशोकको म्युजिक भिडियो निकालेपछि देश विदेशका कन्सर्टमा अशोकलाई संगै लिएर हिड्नका साथै घर निर्माण कार्यमा समेत संगीतकार टंक जुटेका थिए।

No comments