कमला खाेलाले बगाउदा एक काे मृत्यु
सिन्धुली भदौ ९:
खोलाले बगाएर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली दुधौली न.पा.वार्ड न. २ मा टोटरा टोल बस्ने बर्ष ६५ को मलेसी दनुवार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।
शुक्रवार दिउसो गाई बस्तु चराउन कमलाखोलापारी निपाने गएकोमा खोलामा बाढी आएको कारण खोला तर्ने क्रममा खोलाले बगाई सिन्धुली दुधौली न.पा.वार्ड न.१ बिचित्र भन्ने ठाउमा मृत अवस्थामा आज बिहान लास फेला पारेको प्रहरीले जनाएको छ ।


No comments