मुख्य समाचार

बिप्लव समुहका प्रवता पक्राउ अान्दोलन काे घाेषणा

सिन्धुली साउन २३

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता खड्कबहादुर विश्वकर्मा पक्राउ परेका छन् । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता विश्वकर्मालाई मंगलबार बेलुकी प्रहरीले दक्षिणकालीबाट पक्राउ गरेको हो ।

चन्दा संकलन, मुलुकको शान्ति सुरक्षा खल्बल्याउने गतिविधि गरिरहेको भन्दै पछिल्लो समय सरकारले नेकपाका नेता, कार्यकर्तामाथि धरपकड जारी राखेको छ। यसैबीच, बिनाकारण आफ्ना नेतालाई पक्राउ गरेको आरोप लगाउँदै नेकपाले भर्त्सना गरेको छ।

महासचिव नेत्रविक्रम चन्दले बुधबार विज्ञप्ति निकालेर विश्वकर्मा लगायतलाई बिना शर्त रिहा गर्न माग गरेका छन्। उनले राजनीतिक अधिकारमाथि एक पछि अर्को गर्दै सरकारले प्रतिबन्ध लगाइरहेको भन्दै प्रतिकार गर्न लोकतन्त्रवादी र देशभक्तहरुलाई आह्वान गरेका छन्। नेकपाले पर्सि २५ गतेदेखि साउन २९ सम्मको विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

No comments