मुख्य समाचार

रामेछाप काे लिखु तामाकोसी गाउँ पालिका काे कर्मचारी ले चडने् सरकारि बाईक मा नक्कली नम्बर प्लेट


सिन्धुली भदौ १०:

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका कर्मचारीहरुले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकलमा नक्कली नम्वर प्लेट राखेको फेला परेको छ ।  उक्त पालिकाले गरेका कामहरुको अनुगमन गर्न धोवि वजारमा पुगेका संचारकर्मीहरुले ना ५५ ब ११५ नम्वरको २ सय २० सिसी प्लसर मोटरसाइकल प्रयोग गरेको अवस्थामा फेला पारेको थियो ।

गाउँपालिकाले विगत डेढ वर्षदेखि प्रयोग गर्दै आएको उक्त मोटरसाइकलको वारेमा सँगै रहेको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय समेत अनभिज्ञ रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पालिकाले प्रयोग गरेको उक्त नम्वर मुलुक भर कहीँ पनि प्रयोगमा नआएको र प्रयोगमा ल्याउन पनि कानुनत अवैद्य हुने कुरा हो ।


तर पालिकाका अध्यक्ष गोविन्दवहादुर खड्काकै निर्देशन र प्रशासिकय अधिकृत राजु न्यौपाने समेतको सहमतीमा उक्त मोटरसाइकल लामोसमयदेखी प्रयोग गर्दै आएको स्थानिय निरज खड्काले वताए । उनले भने– हाम्रो पालिकाले प्रयोग गर्ने गरेका सवारीसाधन र गर्दै आएका कामहरु सबै व्यक्तिवादी र मनपरी ढंगवाट संचालन हुँदै आएका छन् । यसवारेमा हामीले पालिकाका प्रमुखलाई ज्ञापन पत्र वझाउँदा पनि यसतर्फ कुनै सुनुवाई हुन सकेको छैन् । यस्ता किसिमका एकदर्जन भन्दा वढी प्रमाण गाउँपालिका र अध्यक्षले गल्ती गरेका हामीसँग सुरक्षित भएको पनि खड्काले बताए ।

भेटघाटको क्रममा उनले पालिकाले आर्थिक रुपमा गरेका करिव आधादर्जन जति सप्रमाण पेश गरेका थिए । नक्कली नम्वर प्लेट भएको मोटरसाइकल पालिकाले चलाउँदै आएको वारेमा इलाका प्रहरी कार्यालय धोविका इन्चार्जले यसवारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिए आजै मोटरसाइकल पक्राउ गर्ने वताए ।


जिल्ला ट्राफिक कार्यालय रामेछापमा पनि नक्कली नम्वर प्लेट राखेर सरकारी मोटरसाकइल चलाउँदै गरेको बिषयमा जिज्ञासा राख्दा ट्राफिक प्रमुख कुशहरी भण्डारीले उक्त मोटरसाइकल अवैद्य रुपमा प्रयोगमा आएको भन्दै नक्कली नम्वरप्लेट राख्ने पालिकालाई नियम अनुसार कारवाही गर्नुको साथै मोटरसाइकल तत्काल नियन्त्रणमा लिने ठोकुवा गरे । तर सूचना दिएको एकहप्ता वित्नलाग्दा पनि प्रहरीले यसवारेमा कुनै चासो नराखेको स्थानिय सुन्दर खड्काले वताए

No comments