श्रीमती पिडित पुरूष ले सम्बन्ध बिच्छेद गर्न थाले
सिन्धुली भदौ ७:
भदाै एक गतेबाट लागू भएकाे नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने सजिलाे प्रावधान भएपछि यहाँ त्यसकाे प्रभाव देखिन थालेकाे छ । श्रीमानले चाहेमा पनि सम्बन्ध विच्छेदका लागि कानुनले मान्यता दिने भएपछि जिल्लाका पत्नीपीडित पतिहरु धमाधम मुद्दा दायर गर्न थालेका छन् ।
नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेद गर्न भन्दै भदौ ६ गते सम्ममा पाँचजना पुरुषले उजुरी दर्ता गराइसकेकाे जिल्ला अदालत पर्वतका न्यायाधीश ध्रुवबहादुर थापा बताउँछन् । उनले भने, ‘पुरुषहरूलाई पनि सम्बन्ध विच्छेदका लागि सोझै अदालत जान सक्ने सुविधा नयाँ कानुनले दिएकाे छ, यसले वर्षाैदेखि सहेर बसिरहेका पुरुषहरुलार्इ सम्बन्ध विच्छेदका लागि सहज बनाइदिएकाे छ ।
’ जिल्ला अदालत पर्वतमा नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन भदौ १ गते नै एकजना पुरुषद्वारा सम्बन्ध विच्छेद गराई पाउँ भनी मुद्दा दर्ता भएको थियो । यसरी मुद्दा दायर गरेका पुरुषहरूले श्रीमती साथमा नबसेको, यातना दिने गरेको, कमाएको पैसा दुरुपयोग गरेकोलगायत कारण खुलाएकाे न्यायाधीश थापाले जानकारी दिए ।
यसअघिकाे मुलुकी एेनमा महिलाले साेझै अदालतमा सम्बन्ध विच्छेदकाे मुद्दा दायर गर्न सकिने व्यवस्था भए पनि पुरुषका लागि भने सोझै मुद्दा दिन नपाउने तथा घुमाउरो र लामो प्रक्रिया अपनाउनुपर्ने प्रावधान थियो । नयाँ कानुन लागू भएसँगै सम्बन्ध विच्छेदका मुद्दा झन बढ्न थालेकाे कानुन व्यवसायीहरु बताउँछन् ।


No comments