नेपाल ग्यास ले नयाँ अाधुनिक सुरक्षित सिलिन्डर ल्याउदै
सिन्धुली भदौ ५:
नेपालको पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । होटल र्याडिसनमा आयोजना गरिएको एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले नयाँ सिलिण्डर सार्वजनिक गरेका हुन् ।
पूर्ण–सुरक्षित र विष्फोटन नहुने विशेषता रहेको उक्त सिलिण्डर प्रयोग गर्दा पूर्ण सुरक्षित हुने बताइएको छ । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ । साथै, पारदर्शी भएकाले उपभोक्ताले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाँच्न सक्छन् । अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको समाचार अाजकाे अार्थिक अभियान दैनिकमा छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ ।
यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४ दशमलव २ केजी र ५ केजीमा उपलब्ध रहेको ग्यास उद्योगले जानकारी दिएको छ ।


No comments