मुख्य समाचार

हेलिकप्टर दुर्घटना भयका शब काठमाडौ ल्यायो

सिन्धुली भदौ २४:

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएकाे छ । दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियाे ।

नुवाकाेटबाटहेलिकप्टरमापोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएकाे हाे। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ।  गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियाे।

हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ। एक जना महिलाकाे जिवितै उद्धार गरिएकोथियाे। उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ।

No comments