मुख्य समाचार

अाज बिश्वकर्म काे पुजा गरि मनाउँदै

सिन्धुली असाेज १:
हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । हिन्दुधर्मालम्वीहरुले आजको दिनमा विश्वकर्मा बाबाको जन्म भएको मान्यता राख्ने गर्दछन् । बर्षभरी काम गर्ने औजारहरुदेखि मेसिनरी समानहरुले नियमित काम गरुन् र थप उत्पादनशील होस भन्ने कामनासहित विश्वकर्मा बाबाको पूजा गरिन्छ ।


असोज १ गते उद्योग कलकारखानमा फलाम र अन्य मेसिनरी सामाग्री तथा औजारलाई विश्वकर्मा बाबाको सम्झना गर्दै पूजा गरिन्छ । विश्वकर्मा बाबालाई यन्त्रिक देवता मानेर कारखाना बन्द गरी पूजा गरिन्छ । वर्षभरि अविछिन्न सञ्चालन हुने मेसिन पनि आजको दिन बन्द गरी पूजा गरिन्छ ।


विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोक र बिभिन्न देवी देवताको बासस्थाने निर्माण गरेको धार्मिक मान्यता रहेको छ । त्यसोत सम्पूर्ण सृष्टि र कर्म व्यापार नै विश्वकर्मा रहेको पनि भनिन्छ । उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने धार्मिक विश्वास छ । 



विश्वकर्मा पूजाको दिन बाबालाई सम्झदै बिभिन्न बिधिवाट आफनो कार्य तथा समृद्धिको कामना गर्दै पूजा गरिन्छ । विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा समेत विश्वकर्माको रुपमा नै पुज्ने गरिन्छ । इन्द्रको शक्तिशाली अस्त्र बज्रको डिजाइनकर्ता मानिने विश्वकर्माले रावणको लंका पनि बनाएको रामायणमा उल्लेख छ ।

No comments