मुख्य समाचार

नेपाल सरकारले नयाँ भाडदर तोक्यो सिन्धुली काे भाडादर कति हेर्नुस् सुची सहित

सिन्धुली असाेज ८:

केही दिन अघि नेपाल आयल निगमले इन्धनको मुल्य बढायो । त्यसको भोलीपल्ट नै यातायात ब्यवसायीहरुले इन्धनको मुल्य नघटाएसम्म दशैँको अग्रिम बुकिङ्ग नखोल्ने अझै माग सम्बोधन नभए सबै यातायात ठप्प पार्ने घोषणा गरे । सरकार त्यो चेतजानीबाट गल्यो र ब्यवसायीहरुसँगको छलफलबाट १० प्रतिशत भाडा बढाउन सहमति जनयो ।

सरकार र व्यवसायीबीच भएको सहमति अनुसार यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाका शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुबाहक सवारीका साधनमा न्यूनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।

न्यूनतम चार किलोमिटरभित्र न्युनतम् १४ रुपैयाँ कायम गरिएको छ । ५ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ८ किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै १० किलोमिटरसम्म यात्रा गर्दा २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म २५, १९ किलोमिटरसम्म २७ रुपैयाँसम्म तिर्नुपर्ने पर्ने भएको छ ।

यस्तै डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । यस्तो छ नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेको सुचनामा

No comments