मुख्य समाचार

काभ्रे काे पाचँखाल मा सहकारि ले अायाेजना गरेकाे तिजकाे दर खादा सयौं जान विरामि


सिन्धुली भदौ २३:

काभ्रेको पाँचखाल नगरपालिका-१२ मा तीजको दर खाएका ५० जना बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि पठाएको छ ।

बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ । बिरामी भएकाहरु महिला, पुरुष र बालबालिका छन् । उनीहरुमा फुड प्वाइजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

No comments