मुख्य समाचार

बन्चरो प्रहार गरि आफ्नो श्रीमती काे हत्या

सिन्धुली भदौ २०:

कञ्नपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीको सिंहपुरमा बन्चरो प्रहार गरी एक जनाले आफ्नै श्रीमातीको हत्या गरेका छन् । शुक्रबार राति पारिवारिक विवादमा चन्द्र बहादुर पुनमगरले बन्चरो हानेर ३५ वर्षीया विमला पुन मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले बताउनुभयो ।


महेन्द्रनगरबाट झण्डै २० किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा घट्ना ढिलो गरी बाहिर आएको हो । श्रीमतीको हत्यापछि चन्द्र बहादुर शनिबार बिहानै भारततिर फरार भएको जानकारी आएको एसपी कडायतले बताउनुभयो । उहाँका अनुसार चन्द्रले उल्टो बन्चरो प्रहार गरेर विमलाको हत्या गरेका हुन्

No comments