मुख्य समाचार

सर्लाही मा बस दुर्घटना हुदा दुई काे मृत्यु १८घाइते


सिन्धुली भदौ ३१:

सर्लाही जिल्लाको हाइवेदेखि दक्षिणतर्फ भित्री सडक अन्तर्गत चन्द्रनगरमा बस दुर्घटना भएको छ । शनिवार साँझ भएको दुर्घटनामा परि दुईको ज्यान गएको छ भने १८ जना घाईते भएका छन । मलंगवाबाट इश्वरपुर बयलबास तर्फ जाँदै गरेको ना २ ख ८००३ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भै सडकबाट तल खसी दुर्घटना हुँदा दुई जना को ज्यान गएको हो भने १८ जना घाईते भएका हुन् ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको अनुसार ज्यान जानेमा ईश्वरपुर नगरपालिका ९ का २६ बर्षिय नथुनी राय यादब र सोही ठाउँकी १९ बर्षिया अन्जु साह छन् । उनीहरु दुवैको सब पोस्ट्मार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाएको प्रहरीले बताएको छ ।


बस दुर्घटनामा परि घाइते भएका १८ जनाको मलगंवा जिल्ला अस्पतालमा उपचार पछि घर गएका प्रहरीले जनाएको छ । बस प्रहरीको नियन्त्रण रहेको भएपनि चालक भने फरार रहेका छन् । चालकको खोजी कार्य भैरहेको र घटनाको पनि थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

No comments