असाेज ९ गतेकाे राशिफल हेर्नुस्
मेष राशिः ठूला व्यक्तिको सहयोग मिल्ला । मनमा उत्साह बढ्ला । सोचेका काम सम्पन्न भएकाले मनमा प्रशन्नता छाउला ।
वृष राशिः विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला । भोजन तथा भौतिक बस्तुमा सुविधा प्राप्त होला । मन प्रशन्न रहला । धनमाल लाभ होला ।
मिथुन राशिः आर्थिक संकटले मानसिक चिन्ता बढाउला । शत्रुले बाधा गर्लान् । परिवारमा झमेला आउला । समय प्रतिकूल रहला । रोगको भयले सताउला । अपच तथा अरुचिले सताउला ।
कर्कट राशिः सामान्य दिन रहनेछ । कहिँ कतैको झन्झटिलो यात्रा गर्नु पर्ला । इष्टमित्रबाट सहयोग प्राप्त होला । एक किसिमको आलस्यता छाउला । निष्क्रिय रहनाले शिक्षण कार्य कमजोर रहला ।
सिंह राशिः गएको धन सम्पत्ति फिर्ता होला । नयाँ जोशजाँगर प्राप्त होला । मनमा उत्साह वृद्धि होला । विरोधी निष्क्रिय रहलान् । लाभका नयाँ बाटाहरू भेटिएलान् ।
कन्या राशिः आर्थिक संकट पर्ला । रोगको भय रहला । अरुची तथा अपचले सताउला । झगडा तथा अनावश्यक विवादमा पर्नुपर्ला । शरीरमा आवश्यक दुखाइ होला । तुला राशिः घरपरिवारबाट झमेला बेहोर्नुपर्ला । झैझगडा पर्लान् । रोगको भय रहला । शत्रुले बाधा गर्लान् । शारीरिक पीडाले सताउला ।
वृश्चिक राशिः काम अधुरै रहला । पठनपाठन बढ्ला । थोरै भएपनि धन सम्पत्ति प्राप्ति होला । मानसिक चिन्ताले सताउला ।
धनु राशिः थोरै भए पनि धनलाभ होला । पठनपाठनमा कमजोरी आउला । आफन्तले थालेका काम पूरा होलान् । मनमा अशान्ति छाउला ।
मकर राशिः नयाँ काम थालनी होला । आर्थिक लाभ होला । सहकर्मीबाट साथ र सुख प्राप्त होला । सोचेका काम बन्लान् । मनमा प्रशन्नता बढ्नेछ ।
कुम्भ राशिः स्वास्थ्यमा समस्या पर्ला । धन नाश होला । व्यर्थ विवादमा परिएला । आर्थिक संकट बेहोर्नु पर्ला । मानसिक तथा शारीरिक पीडाले सताउला । मानसम्मानमा वृद्धि होला ।
मीन राशिः अन्न तथा बस्त्र लाभ होला । हाँसखेल गरेर दिन बित्ला । मित्रबाट सुख सहयोग मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला ।


No comments