पाँच किलाे सुन सहित बालाजु बाट एक पक्राउ
सिन्धुली असाेज १७:
काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने ठाँउबाट सोमबार बेलुकी पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेका हुन् । उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको हुन सक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई आज सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।


No comments