मुख्य समाचार

काउलि बुढि काे दशै काे नयाँ गित बजारमा


सिन्धुली असाेज १७:

पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल भइन् । उनको कलालाई दर्शकले राम्रो मुल्यांकन गरे साथै पछिल्लो समयमा उनलाई भ्याईनभ्याई भएको छ ।
उनी काउली बुढी अर्थात् सन्ध्या बुढा र मोहन खड्काको स्वरमा रहेको अत्यन्तै मर्म स्पर्श गीत ‘घुम्दै आयो दशैं तिहार’ स्वाभिमान क्रियशनले बजारमा ल्याएको छ । अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोको निर्देशन सम्पादन छायांकन विष्णु भट्टराईले गरेका छन् ।


राजु महोत्रा, मीरा महोत्रा र मिन खत्रीको समेत अभिनय रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ । मोहन खड्काको स्वर रहेको गीत भर्खरैमात्र बजारमा सार्वजनिक भएको छ ।

No comments