क्षमता भन्दा यात्रु बोक्ने र बढि भाडा लिय पाँच हजार जरिवाना
सिन्धुली असाेज २६:
सरकार, यातायात व्यवसायी र ट्राफिक व्यवस्था विभागबीच भाडा तय भए पनि यातायात व्यवसायीले बढी मूल्य असुलेको पाइएपछि प्रहरीले चेकजाँच शुरु गरेको छ । तय भएको भाडा भन्दा बढी लिइएको पाएपछि आइतबार भएको चेकजाँचमा १२ वटा हायस कारबाहीमा परेका छन् ।
अरनिको राजमार्ग भएर चल्ने यात्रुवाहक सवारी साधनमा तीन दिनदेखि जाँच गरिएको र ५० भन्दा कारबाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ । टिकटमा बढी पैसा लिइएको पाइए ठाउँको ठाउँमा पैसा फिर्ता गरिएको छ । क्षमता भन्दा बढी यात्रु र यात्रुसँग बढी पैसा लिने सवारी साधनलाई पूर्जी काटिएको हो । पूर्जी काटिँदा ५ हजार रुपैयाँ जरिवाना लिइने गरिएको छ ।


No comments