शुक्रबार बाट नेपाल खाद्य सस्थाले सुपत मुल्य मा खसिबाेका बेच्न सुरु
सिन्धुली असाेज २६:
नेपाल खाद्य संस्थानले शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु गर्न लागेको हो ।
दशैंमा काठमाडौंमा ४० हजार खसीबोका आवश्यक पर्छ । संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ । तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ ।
बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गर्ने पनि संस्थानले जनाएको छ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा बिक्री वितरण गर्दै आएको छ ।


No comments