मुख्य समाचार

भारत मा पेट्रोल डिजेल काे मूल्य २रूपाँया५०पैसा घटयाे


सिन्धुली असाेज १९:

भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल र डिजलमा प्रतिलिटर भारतीय २ रुपैयाँ ५० पैसा घटाएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन्। मूल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाएको थियो। देशका वित्तमन्त्री अरुण जेट्लीले डिजल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने एक रुपैयाँ ५० पैसा बराबरको कर पनि कटौती गरिएको बताएका छन्। त्यसमा तेल विक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैयाँ घटाउने भएका छन्।


त्यसैगरी तेलको मूल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारलाई पनि कर कटौती गर्न लगाएका छन्। उनका अनुसार प्रदेशमा डिजल र पेट्रोलको प्रतिलिटर भारतीय पाँच रुपैयाँसम्म पनि मूल्य घट्न सक्नेछ। भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय दुई रुपैयाँ ५० पैसा घटाउने घोषणा गरिसकेको छ। रासस

No comments