नेपाल प्रहरी का११एसएसपी काे डिअाइजि मा बढुवा नामावली हेर्नुस्
सिन्धुली असाेज २१:
नेपाल प्रहरीका ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल छन् ।
त्यस्तै शैलश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् । सर्वेन्द्र खनालपछि अहिले बढुवा सिफारिस भएकै ब्याचबाट आइजिपी हुने छन् । बढुवा सिफारिस भएका बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ र पूर्णचन्द्र जोशी आइजिपी सर्वेन्द्र खनालकै ब्याची भएकाले उनीहरुसँग अवकाश हुने छन् ।
त्यसपछि ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक ५ महिनाका लागि आइजिपी हुने छन् । उनीहरुपछि शैलेश थापा क्षेत्रीको ब्याचबाट आइजिपी बढुवा हुने छ । सो ब्याचमा यसअघि तेस्रो नम्बरमा रहेका प्रद्युम्न कार्कीलाई चौथो नम्बरमा पुर्याइएको छ भने हरि पाललाई दोस्रो नम्बरमा बढुवा सिफारिस भएको छ ।


No comments