वंगबन्धु कप मा नेपाल पहिलो चरण बाटै बहिरियाे
सिन्धुली असाेज २१:
नेपाल पाँचौं संस्करणको वंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको समुह चरणबाटै बाहिरिएको छ । बंगलादेशमा जारी प्रतियोगितामा साविकको विजेता नेपाल समुह चरणको अन्तिम खेलमा प्यालेष्टाइनसँग १–० ले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा प्यालेस्टाइनका मोहमद अलिविसादले गोल गरेपछि नेपाल पराजित भएको हो । समूह ‘ए’ मा रहेको नेपाल मंगलबार भएको समुह चरणको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको थियो ।


No comments