मुख्य समाचार

कक्षा ११काे नतिजा सार्बजनिक नतिजा हेर्न यसाे गर्नुहोस


सिन्धुली असाेज २० :
ग्रेडिङ प्रणाली अन्र्तगतको कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ ।  विगतका वर्षहरुमा भन्दा यस बर्ष कक्षा ११ को नतिजा चाँडौ प्रकाशित गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले आज शनिबार साँझ परीक्षाफल सार्वजनिक गरिएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए 


। जस मध्ये नियमिततर्फको एक हजार एक सय विद्यार्थीको जीपीए  ३.६१ देखि ४.० आठ हजार नौ सय ४९ जनाको जीपीए ३ देखि ३.६० २४ हजार पाँच सय १५ विद्यार्थीको जीपीए २.८१ देखि जीपीए ३.२० ४८ हजार सात सय ३१ को जीपीए २.४१ देखि २.८० ८६ हजार सात सय ७० जनाको जीपीए २.१ देखि २.४० ९२ हजार पाँच सय ९३ जनाको  जीपीए १.६१ देखि २ ४१ हजार चार सय ६ जनाको जीपीए १.२१ देखि १.६० आठ हजार एक सय २७ जनाको जीपीए ०.८१ देखि १.२० २० हजार ६ सय ८५ जनाको जीपीए ० देखि ०.८० आंशिकको अंक पद्धतितर्फ ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाए ।  


नतिजा http://www.neb.gov.np/results र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ । NEB टाइप गरी एक स्पेस दिएर सिम्बाेल नम्बर टाइप गरी १६०० मा पठाएर पनि हेर्न सकिन्छ । 


No comments