लाइसेन्स काे अावेदन खुल्ला
सिन्धुली मङ्सिर ७:
झण्डै एक महिनादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन भोलि विहिबारबाट खुल्दैछ । चाडपर्वका कारण बन्द रहेको नयाा आवेदन, ट्रायल, रिट्रायल भोलि विहान १० बजेबाट शुचारु गर्ने यातायात व्यवस्था विभागको तयारी छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् ।
आवदेकले भोलि १० बजेपछि विभागको वेबसाइटमा गएर अनलाइन सवारी चालक अनुमतिपत्र क्लीक गरी अनलाइन फारम भर्न सक्नेछन् । वेबसाइटलाई सिंहदरबारस्थित सरकारी डेटा सेन्टरमा सारिएकाले हाल एसएसएलमा नखुल्ने विभागका इञ्जीयनियर केशवराज गौतमले जानकारी दिए ।
उनका अनुसार आवेदकले एचटिटीपिएस हटाएर सिधै डब्लुडब्लुडब्लु डिओ टिएम डट जिओभी डट एनपी (www.dotm.gov.np) लगइन गर्नुपर्नेछ । काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एक वटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । विभागले देशभर नै अनलाइन फारम अनिवार्य गरेको छ ।


Excavetor ko form kati umer pugnu parxaa
ReplyDeleteR from bharna kk chahinxa nii
Delete