मुख्य समाचार

रामेछाप मा एक नेता सहित तीन जुवाडे पक्राउ

सिन्धुली कात्तिक १९:

जिल्ला प्रहरी कार्यालय रामेछापले तास खेल्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । सुराकिको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले शनिवार राती मन्थली वजार को राम वहादुर पुरिको घरवाट तास खेल्दै गरेको अवस्थामा पुर्व एमाले पार्टिका क्षेत्र नं २ का अध्यक्ष पे्रम तामाङ,घरवेटी रामवहादुर पुरी खाँडादेवी गाउँपालीका ८ का ३३ वर्षिय रमेश तामाङलाई पक्राउ गरेको हो ।




सर्वपक्षिय वैठक र सार्वजनिक सुचना मार्फत जुवा तास नखेल्न र नखेलाउन अनुरोध गर्दै आएको प्रहरीले खेलेर र खेलाएको पाइए जो कोहीलाई पनि कारवाहीको दायरमा ल्याउने वताएको थियो । नजिकीदै गरेको दिपावलीको संघारमा मन्थलीको मुख्य वजारमा नै तास खेल्दै गरेका तीनजनालाई नगद ३२ हजार रुपैयाँ र ४ वटा मोवाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।




चाडवाडको समयमा जुवा र तासको खेल र मदिराको सेवनले व्यक्तिगत सम्पत्ती नष्ट हुनुको साथै सामाजिक सुरक्षामा समेत खलवल पुग्नसक्ने भन्दै प्रहरीले गत वडादशै अघि देखीनै जुवा, तास र मदिरा विरोधी अभियान संचालन गर्दै आएको छ । पक्राउ परेका तीनजनालाई जिल्ला अदालत मन्थलीवाट कानुन अनुसार आइतवार दश दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखि थप अनुसन्धान भइरहेको पनि प्रहरी निरिक्षक थापाले बताए ।

No comments