मुख्य समाचार

हेलिकप्टर बाट उद्घार गरे काे बालक काे उपचार काे क्रम मा मृत्यु


सिन्धुली कात्तिक १९:

आइतवार दिउँसो हेलिकोप्टर बाट उद्धार गरिएका र सिन्धुली जिल्ला जरायटारका चार वर्षिय वालक मन्दीप तामाङको हेलिकोप्टरवाट उद्धार गरेपछि उपचारको क्रममा मृत्यु भएको छ ।

बालकको काठमाण्डौं स्थित कान्तीवाल अस्पताल महाराजगंजमा मृत्यु भएको हो । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं–४ प्रितीको मामाघरमा दशैंको टिका लगाउन आएका मन्दीप आइतवार विहान एक्कासी विहोस भएर ढलेका थिए । वालक वेहोस भएपछि मन्दीपका मावली परिवारले उद्धार र थप उपचारको लागि नेपाली काँग्रेसका नेता एवं नेपाली काँग्रेसको तर्फवाट प्रतिनिधिसभामा उम्मेदवार वनेका पूर्णवहादुर तामाङ (कान्छाराम) लाई खवर गरेका थिए ।



सोही सूचनाका आधारमा हेलिकोप्टर लिएर गाउँमै पुगेका कान्छारामले विरामीलाई उद्धार गरि कान्तीवाल अस्पतालमा भर्ना गरेका थिए । उपचारको क्रममा वालक मन्दीपको मृत्यु भएको निजका स्वकीय सचिव सुरेश सुवेदीले जानकारी दिए ।


 वच्चाको मृत्यु भएपछि दुःखीत वनेका कान्छारामले आफुले उद्धार गरि अस्पतालसम्म पुर्याएको र डाक्टरले हदैसम्मको प्रयास गर्दा पनि वालकलाई बचाउन नसकेकोमा आफुलाई पनि दुःख लागेको वताए ।

No comments