मुख्य समाचार

इँटा भट्टा काे म्यानेजर माथि अज्ञात समुहले गाेलि प्रहार गरि हत्या

सिन्धुली मङ्सिर ५:

सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका म्यानेजरको मृत्यु भएको छ । बुधबार बिहान दुहबी नगरपालिका-९ मा रहेको जय बाबा इँटा उद्योगका मेनेजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो।

मोटरसाइकलमा आएका अज्ञात समूहले मर्निङवाकमा निस्किएका हुसेनमाथि गोली प्रहार गरेको थियो । अज्ञात समूहले हानेको गोली लागी घाइते भएको हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानएकाे छ।

हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ । हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

No comments