सिन्धुली काे माेरिण र हरिहरपुर गढि गाउँ पालिका मा २५विगा गाजा प्रहरी बाट नष्ट
सिन्धुली कात्तिक ३०
सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा प्रहरीले करिब २५ बिगाहा जमिनमा लगाएको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाको नेतृत्वमा गाँजा खेती नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रदेश प्रहरी कार्यालय हेटौडाबाट आएको २५ जना दंगा प्रहरी गरी ५५ जना प्रहरीले गाँजा खेती नष्ट गरेको हो । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुर गढी गाउँपालिकामा गरी करिब ५० बिगाहा जमिनमा गाँजा खेती भएको प्रहरीले बताएको छ । विकट क्षेत्र भएकाले प्रहरी प्रशासनको कम उपस्थिती हुँदा अवैधानिक खेती हुने गरेको छ ।
स्थानीय कुमारी माया तामाङका अनुसार तराईका बासिन्दाले प्रति कठ्ठा तीन हजारसम्म जग्गा ठेक्कामा लिएर खेती गर्ने गरेको छन् । पैसा दिएर जग्गा लिए पनि साँहू को हो ? भन्ने थाहा नभएको तामाङले बताइन । मरिण गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा बढी गाँजा खेती हुने गरेको स्थानीयको भनाई छ । जाँगा फाडानीमा लागू औषध ब्युरो काठमाडौं कोटेश्वरका कपिलदेव कार्की, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयदेव माझी लगायतको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।
फडानी गर्न १० दिन लाग्ने प्रहरी नायव उपरीक्षक थापाले बताए । सुराकीको आधारमा गाँजा खेती भएको जानकारी आएपछि जिल्ला र प्रदेश प्रहरीसँग समन्वय गरी शुक्रबारदेखि फडानी सुरु गरेको प्रहरी निरीक्षक माझीले बताए ।
नेपालमा गाँजा खेतीसम्बन्धि काम गर्ने जेटिए नभएकाले भारीतय जेटिए आउने गरेको अनुसन्धानमा देखिएको कार्कीले जानकारी दिए । प्रहरीको टोलीले गाँजा फाडानी सुरु गरेपछि स्थानीय पुरुषहरु लुकेको प्रनाउ थापाले बताए ।


No comments