मुख्य समाचार

दुर्घटना परि सेलाे गायक अमृत लामा काे मृत्यु


सिन्धुली कात्तिक ३०:

दोलखाको विगु गाउँपालिकास्थित बुलुङमा ट्याक्टरले किचेर सेलो गायक अमृत लामाको मृत्यु भएको छ । आफ्नै ट्याक्टरले किचेर उनको मृत्यु भएको हो । लामालाई शुक्रबार बिहान करिव १० बजे ढुङ्गा लोड गरी लिएर फर्किदै गर्दा लु ३ त ९७२३ नम्बरको ट्याक्टरले किचेको प्रहरीले जनाएको छ ।

साँघुरो बाटोमा ट्याक्टर पल्टिन लागेपछि ट्याक्टरबाट झरेर भाग्न लाग्दा किचेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीका अनुसार गायक लामा ट्याक्टरमार्फत गाउँमा पुननिर्माणका लागि निर्माण सामाग्री ओसार्ने काममा लागेका थिए । ट्क्याटर सडकबाट करिव २० मिटर तल खसेको दोलखाका प्रहरी प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

उनका अनुसार मृतक लामाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट ल्याइएको छ । कांग्रेसका जिल्ला सदस्यसमेत रहेका लामा आफै ट्याक्टर साहु हुन् । उनको सेलो गीतहरु बजारमा चर्चित छन् ।

No comments