मुख्य समाचार

मङ्सिर ९गते काे तपाईंको राशिफल हेर्नुस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  नाफा मूलक व्यवसायभन्दा सेवा मूलक व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा दाजुभाइ सँग सानो सानो कुरामा मनमुटाब बढ्नेछ । छोटो यात्राको तय गर्दै हुनुहुन्छ भने यात्रा गर्दा ध्यान दिनुहोला । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छ । प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । भोजभतेर तथा खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)  व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययम बाट धेरै कामहरू गर्न सकिनेछ ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कलात्मक तथा रचनात्मक काम सुरु गरी भविष्यमा आयस्रोतका बाटाहरू सुरक्षित गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागि समय फलदायि रहेकोले पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापारमा समय लगानी गर्नेहरूले मनग्गे धन कमाउने तथा आर्थिक उन्नति हुने ग्रहयोग रहेको छ । विद्यार्थीहरूले खोजमूलक क्षेत्रमा भनेजस्तो सफलता हात पार्नेछन् । प्रेम गर्ने जोडीहरूका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) प्रशासन तथा राज्य पक्ष सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोले समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथी सँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरू हुनेछन् ।


कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्पापारमा नाफा कमाउन अलि बढिनै समय दिनु पर्नेछ भने नोकरीमा विशिष्ट व्याक्तित्वहरु सँग विवाद बढ्नेछ । बुवा वा अग्रज सँग कुरा नमिल्दा दैनिक कामहरू प्रभावित हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार हुनु पर्दा मन खिन्न हुनेछ । प्रेममा अनावश्यक शङ्का गर्नाले मनमुटाब बढ्नेछ । प्रतिकुलतको सामना गर्ने शक्तिमा क्षय हुने हुनाले समय काम सकाउन मुस्किल हुनेछ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तीरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ ।


वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यु) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनी सँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दिनै राम्रो रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा क्षेत्र सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी हुनेछ । सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आमा वा आमा सँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाई लेखाइमा विभिन्न कारणले समय दिन सकिनेछैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

No comments