मुख्य समाचार

क्यानडा पठाईदिने भन्दै ठगि गर्ने महिला पक्राउ


सिन्धुली मङ्सिर ८:

केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जना महिला  परेकी छिन् ।  मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा शुत्रबार पुतलीसडकबाट गरेकाे हाे ।

क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पुर्‍याइ पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

बाइवालाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडाैँको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पुर्‍याइ महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

No comments