सन्दीप लामिछाने ५०हजार डलर मा पाकिस्तानी क्रीकेट खेल्दै
सिन्धुली मङ्सिर ५:नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग ‘पिएसएल’ खेल्ने भएको छ । मंगलबार भएको पाकिस्तान सुपर लिगले ड्राफ्ट सूचीमा रहेका नेपालका सन्दीप लामिछानेलाई धनाढ्य कतार लुब्रिक्रान्ट्स कम्पनी लिमिटेडको स्वामित्व रहेको लाहोर कलन्दर्सले खरीद गरेको हो ।
सन्दीपले कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर (५७ लाखदेखि ६८ लाख नेपाली रूपैयाँ) पाउने भएका छन् । युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका थिए। सन्दीपले यसअघि भारतको आइपिएलदेखि वेस्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडा ग्लोबल टी-२० लिग खेलिसकेका छन्।
हाल टी-टेन लिग खेल्न हाल यूएर्इमा रहेका सन्दीप यसपछि अष्ट्रेलियाको बिग बास लिग खेल्नेछन्। दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको कप्तानीमा रहेको लाहोरले हालसम्म न्युजिल्यान्डका कोरी एन्डरसन, वेस्ट इन्डिजका कार्लोस ब्रथवाइट, पाकिस्तानका मोहम्मद हफिज, न्यूजिल्याण्डका ब्रेन्डम म्याकुलम, पाकिस्तानका उमर अकमल, पाकिस्तानकै यसिर साह लगायतलार्इ अनुबन्ध गरेको छ।
पीएसएल फागुन २ गतेबाट चैत्र ३ गतेसम्म हुनेछ। यसको उद्घाटन खेल यूएर्इको दुबर्इमा हुनेछ भने फाइनल खेल पाकिस्तानको कराँचीमा हुनेछ।


No comments