उतर काेरिया मा उच्च पदका पुरूष बाट चरम याैन शाेषण
सिन्धुली कात्तिक १५:
एचआरडब्ल्यूका अनुसार त्यस्तो शोषण व्यापक छ र सामान्य जीवनको अंशजस्तै बनिसकेको छ। देश छोडेर भागेका ६२ उत्तर कोरियालीसँग गरिएको कुराकानीमा आधारित भएर सो प्रतिवेदन बनाइएको हो। उनीहरूले नै बलात्कार र यौनशोषणबारे विस्तृत विवरण उपलब्ध गराएका थिए ।
यसबाट उत्तर कोरियामा शक्ति र पदमा भएका पुरुषबाट खुल्ला र चरम शोषण हुने गरेको स्पष्ट भएको सो समूहले जनाएको छ। उत्तर कोरियाबाट भाग्नेको सङ्ख्या ‘घट्दो’ 'खेलौना' "उनीहरू हामीलाई खेलौना भन्ठान्छन्। हामी पुरुषको नियन्त्रणमा हुन्छौँ," ओ जङ-हीले सो प्रतिवेदनका लेखकहरूलाई भनेकी छन्। चालीस वर्षमाथिकी ती महिला उत्तर कोरियामा हुँदा व्यापार गर्थिन्।
"कहिलेकाहीँ राति अकस्मात् रोइन्थ्यो। तर त्यसको कारण थाहा हुन्नथ्यो।" उत्तर कोरियाभित्र हुने गतिविधिबारे सूचना सङ्कलन गर्न गाह्रो भएकाले यस्ता प्रतिवेदन दुर्लभ मानिन्छन्। एचआरडब्ल्यूका अनुसार केही महिलाले यौनशोषण अतिसामान्य भएको र आफूलाई त्यो 'असामान्य' नलागेको बताएका छन्। केहीले त यौनशोषणलाई आफ्नो दैनिक जीवनको भागकै रूपमा स्वीकारिसकेको बताएका छन्।
तस्वीरयौनशिक्षाको अभाव र शक्तिको दुरुपयोग नियन्त्रण नहुने गरेकाले यौनशोषण गर्ने मनोवृत्ति बढेको सो प्रतिवेदनले जनाएको छ। पीडकहरूमा उच्चपदस्थ अधिकारी, कारागारका सुरक्षाकर्मी, प्रहरी र सैनिकहरू पनि छन्।


No comments