मुख्य समाचार

झापा मा घर अागाे लागि मा परि एकै परिवार काे ४काे मृत्यु

 
सिन्धुली मङ्सिर १०:

झापामा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसतासी नगरपालिका–७ लाल्झोडाका लक्ष्मण खनालको घरमा राति सवा १० बजेतिर अचानक आगलागी भएको हो ।


राति घरका सम्पूर्ण सदस्य सुतिरहेको समयमा स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनालको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ।

  मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् । के कारणले आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।  प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।  

No comments