२०७५/९/२७गते शुक्रबार पाैष काे राशिफल हेर्नुस्
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम साबित हुनेछ । प्रिय ब्यत्तिसगँको भेट घाटले मन हर्शित तुल्याउला । पारीवारिक साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने सम्भाबना रहेकोछ । ब्यपार ब्यवसाय मध्यम रहला ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो शुभ चिन्तकहरुको साथ सहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन । सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ । आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ । कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ । स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन । प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला ।


No comments