नेपाल सग श्रम सम्झौता गर्न जापानी टाेलि नेपाल अाउदै
सिन्धुली पाैष २६:
जापानले नेपालबाट श्रमिक लाने भएपछि जापानी टोली श्रम सम्झौता गर्न नेपालमा आउने भएको छ । जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुईदिने भ्रमणमा आएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार गरेका शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गरेका छन् ।
यसैक्रममा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा प्रधानमन्त्री ओलीले आभार व्यक्त गरे । जापानले नेपालसंगै ९ देशबाट कामदार लैजाने निर्णय गरिएको छ ।
जापानले नेपाल,थाइल्यान्ड,चीन, भियतनाम,इण्डोनेसिया, मंगोलिया लगाएत ९ देशबाट कामदार लैजाने भएको हो । विदेशी कामदारले होटल, कृषि, माछापालन, नर्सिङ, उत्पादन जस्ता क्षेत्रमा काम गर्नुपर्ने जनाइएकाे


No comments