पेट्रोल मा दुई रूपयाँ र डिजेल मा दुई रूपयाँ भाउ घट्यो
सिन्धुली पाैष १८:
इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो ।
अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको हाे ।
अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ । निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा छ ।


No comments