रेशम चाैधरि ले अाज सांसद काे गाेपनियता काे शपथ लिय
सिन्धुली पाैष १९
निर्वाचित भएको झण्डै एक वर्षपछि रेशम चौधरीले सांसदका रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । निर्वाचित भएको बखत र अहिले कानूनी प्रबन्धमा कुनै परिवर्तन नभएपनि डिल्लीबजार कारागारबाट स–सम्मान ल्याएर चौधरीलाई ‘माननीय’को बैधता दिएर फेरि स–सम्मान कारागार नै फर्काइएको छ ।
कैलालीको टिकापुर काण्डका मुख्य अभियुक्तका रुपमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीलाई राजनीतिक कारणले सांसदको सपथ गराउनु पर्ने बाध्यता परेको बुझ्न कठिन नभएपनि ‘कानूनी’ दृष्टिले चौधरीको सपथ विवादमुक्त हुने छैन । ‘
जनताले जिताएका व्यक्तिलाई सपथ गराउनु स्वभाविक नै हो’ भन्ने सत्तापक्षको जिकीरका बीच राजनीतिक अवरणमा भएको जघन्य अपराधका मुख्य अभियुक्तलाई रातारात सपथ गराउनुको राजनीतिक मात्र होइन, कानूनी आधारसमेत पुष्टि गर्न कठिन छ । टीकापुर घटनापछि फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली १ बाट निर्वाचित भएका थिए । यसरी चौधरीले चुनाव जितेपछि उनले वारेसमार्फत प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।


No comments