मुख्य समाचार

२०७५/९/२०गते काे तपाईंको राशिफल हेर्नुस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने शैली नमिल्नाले पुनः गर्नुपर्नेछ भने समयको ख्याल नगर्दा विभिन्न अवसरहरू गुम्नेछन् । अरूको व्यवहारले केही समस्या निम्त्याए पनि अग्रज तथा आफन्तको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । पुराना कामहरू छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नयाँ काम गर्ने वातावरण नबन्दा आर्थिक रूपमा समस्या पर्न सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहौल तथा शुभ मांगलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवधि प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरीमा पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेको छ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लगनशील तथा ईमान्दारिता पूर्वक गरिएको कामहरू सफलता पूर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रूपमा सबल हुने समय रहेको छ । विशिष्ट व्याक्तिहरुको सङ्गतले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिँदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यवसायमा सदाभन्दा आम्दानी बढिनै हुनेछ भने माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहँदा नचाहँदै एक अर्कासँग टाढिनु पर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य चोटपटक लाग्न सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले शत्रुहरूलाई किनारा लगाउँदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरू दिन भन्दा खटेर काम गर्न सकिनेछ । नजिकका मित्रहरूबाट सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाइनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर जग्गा तथा गाडी घोडाको व्यवसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मित्रहरूको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथीभाइहरूको गलत सङ्गतले नकारात्मक सोचको विकास हुनेछ भने नियम विपरीत काम गर्न उक्साउने हरू सक्रिय रहनेछन् । छाती सम्बन्धी समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाढाको यात्रा हुने हुँ नाले मन विचलित हँुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रस्तुति गर्दा ध्यान दिनुहोला । यात्रा भए पनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । अध्ययनमा तपाईँको उपस्थिति कमजोर रहनेछ । व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ भने प्रेममा अविश्वास बढ्ने योग रहेको छ । साझपख समय मध्ययम रहेकोले समाजसेवामा समय खर्चने हरूले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा इष्टमित्र तथा अग्रज सँग टाढिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो रहेको छ । व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईँको आजको निर्णय आत्मघाती पनि हुन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले उत्पादित उद्योगमा लगानी गर्ने गरी पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने अरूलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) नयाँ कामको प्रस्ताव आउनेछ भने नयाँ प्रकृतिको काम थालनी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न भई घर परिवारका इच्छा आकाङ्क्षा तथा दैनिक उपभोग्य वस्तुहरूको परिपूर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक वस्तुहरूको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । पारिवारिक माहौलमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । साझपख समय मध्ययम रहेकोले बोल्दा ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्कालाई शङ्काको दृष्टिले हेर्दा अविश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाझिनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गी) दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी कामहरू गर्न सकिनेछ । पढाई लेखाइमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफूतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई भेटी सौहार्दपुण वातावरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरू पुरा हुने तथा आफ्नो मानिसबाट उपहार तथा भौतिक सामानहरू प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माता पिताको कामबाट मन प्रसन्न हुनेछ भने भनेजस्तो सहयोग पाइने हुनाले दैनिक काम सहज रूपमा सम्पन्न हुनेछ । राजनीति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुविधा प्रयोग गरी सम्पन्न हुने योग रहेको छ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । सिर्जनात्मक तथा लेखन शैलीमा विकास हुनेछ भने अध्ययन अध्यापनमा विजयको योग रहेको छ । आफ्ना गुरु तथा अग्रजहरूको आशिर्बाद पाइने हुँदा मनमा एक किसिमको उमङग पैदा हुनेछ ।

No comments