मुख्य समाचार

पाकेटमारि गर्ने महिला गिराेह पक्राउ पक्राउ पर्ने भारती महिला


सिन्धुली माघ १७गते 
पाकेटमारी गर्ने महिला गिरोह पक्राउ परेका छन् । गाडीमा सवार यात्रुहरूको झोलाबाट पाकेटमारी गर्ने पाँच जना भारतीय महिलाहरूको समूहलाई बिहीबार पक्राउ परेको हो । पक्राउ पर्नेमा भारतको गोरखपुर स्थायी घर भई हाल काठमाडौं २६, गोगंबु ५० वर्षीया सोनी चमार, ३० वर्षीया प्रिति चमार चौधरी, ३० वर्षीया नितु चमार, २५ वर्षीया पिंकी चमार र २० वर्षीया पूजा चमार रहेका छन् । उनीहरूलाई प्रहरीले अमेरिकन राजदूतावास नजिकै रहेको खाजा घरमा खाजा खाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सिआरबी टोलीले पक्राउ गरेको हो ।

No comments