मुख्य समाचार

काभ्रे मा बस सडक बाट खस्दा २७यात्रु घाइते


सिन्धुली माघ ९:
काभ्रेको पनौती नगरपालिका- ९ संखुमा बुधबार दिउँसो बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। संखुबाट पनौती बसपार्कतर्फ जाँदै गरेको बा २ ख ५२१२ नम्बरको बस सडकबाट दुई मिटर तल खस्दा दुर्घटना भएको स्थानीय नमराज सापकोटाले जानकारी दिए।
www.newssindhuli.com
उनका अनुसार बसमा सवार २७ जना घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। बसमा ४० यात्रु सवार रहेका थिए। बस चिफ्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

No comments