जिप दुर्घटना हुदा ११घाइते
सिन्धुली पाैष २२गते
जिल्लाको खैराङमा आइतबार जीप दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् । हतुवागढी गाउँपालिकाको हसनपुरदेखि घोरेटारतर्फ यात्रु बोकेर आउँदै गरेको को १ ज ९० नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिका देवानटारकी आस्मा राई, रानीबास दितेनीका लंकमान राई, प्रितम राई र गोपाल बस्नेत, देवानटार बयाङका जितमान राई, बयाङकै कुसुम राई, आमचोक गाउँपालिका यूँको दाबुराङका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र चालक बराहक्षेत्र १, सुनसरीका जीवन सुवेध घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले जानकारी दिए ।
घाइतेमध्ये रानीबास दितेनीका ४६ वर्षीय लंकमान राई,र २५ वर्षीय प्रितम राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।


No comments