मुख्य समाचार

दिपक मनाङे काे प्रदेश सांसद काे सपथ फेरि राेकियाे

सिन्धुली पाैष २२गते

गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि दीपक मनाङ्गे भनिने राजीव गुरुङको शपथ नगराउने निर्णय गरेको छ । आज बसेको बैठकले तत्कालका लागि मनाङ्गेको शपथ नगराउने र त्यसको पूर्णतः अधिकार सभामुखलाई दिने निर्णय गरेको हो ।

मनाङ्गेलाई शपथ गराउने वा नगराउने भन्नेबारे सभामुख नेत्रनाथ अधिकारीले परामर्शका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । बैठकमा लामो छलफलपछि मनाङ्गेको शपथ तत्कालका लागि नहुने निर्णय भएको र त्यसको पूर्ण अधिकार आफूलाई दिइएको सभामुख अधिकारीले पत्रकारहरुलाई जानकारी दिए ।

यसअघि, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नयाँ शक्तिले मनाङ्गेको शपथ हुन नहुने अडान कायम राख्दै आएको भए पनि अन्य दल मनाङ्गेको पक्षमा उभिएका थिए ।  मनाङ्गे पुस ६ मा सर्वोेच्चको आदेशअनुसार डिल्लीबजार कारागारबाट तारेखमा रिहा भएपछि शपथका लागि गण्डकी प्रदेशसभा सचिवालयमा गत साता निवेदन बुझाएका थिए ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरीले शपथ लिएपछि मनाङ्गेको शपथबारे चर्चाले बजार तातेको थियो

No comments