मुख्य समाचार

सिन्धुली मा माघ २गते देखि ७गते सम्म फिक्कल महोत्सव हुदै फिक्कल लाई पर्यटक क्षेत्र बनाउने अायाेजक काे भनाइ

सिन्धुली पाैष २५गते
सिन्धुली काे प्रादेशिक महोत्सव सकिय लगतै आगामी माघ २ देखी ७ गतेसम्म सिन्धुलीमा प्रथम फिक्कल महोत्सव हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दैे सडक,शिक्षा र विजुली फिक्कलको पुर्वाधार,कृषि,वन र पर्यटन सम्बृद्धिको मुल आधार भन्ने नाराका साथ प्रथम फिक्कल महोत्सव हुन लागेको गाँउपालिका उपाध्यक्ष तथा फिक्कल महोत्सव २०७५,आयोजक समिति संयोजक पार्वती सुनुवारले बताईन ।

मुख्यतः फिक्कल गाँउपालिका सिन्धुलीमा पर्छ र यो पर्यटकिय क्षेत्र हो भनेर चिनाउने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको गाँउपालिका अध्यक्ष घनश्याम कार्कीले बताए । ६ दिन सम्म चल्ने महोत्सवमा गाँउपालिकामा रहेका कृषि,जलस्रोत,पर्यटन,जडिबुटी आदी क्षेत्रको जानकारी तथा प्रचारप्रसार गर्ने,गाँउपालिका भित्र रहेको ऐतिहासिक तथा धरोहरहरुको प्रचार गर्ने,विभिन्न जातजातीका सांस्कृतिक पक्षहरुको प्रचार गर्ने, किवी आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने,जिल्लाकै अग्लो चुचुरो फिक्कल डाँडाको दृश्यावलोकन गराउने, सुनकोशी नदीमा ¥याफ्टिङ गराउने लगायतका उदेश्य राखेर आयोजना गर्न लागिएको महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक गरी १ लाख पर्यटक भित्र्याउने गाँउपालिकाको लक्ष्य रहेको उपाध्यक्ष सुनुवारले पत्रकार सम्मेलनमा जानकारी दिईन् ।

महोत्सवको लागी ५२ लाख खर्च गरिने बताईको छ । जसअनुसार गाँउपालिकाले १० लाख र अन्य स्रोतबाट बाँकी रकम जुटाईने उपाध्यक्ष सुनुवारले बताईन । महोत्सवको बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद गणेश पहाडीले फिक्कललाई नेपालकै महत्वपुर्ण पर्यटकिय गन्तव्यको रुपमा चिनाउन चाहेको उवाले बताउनु भयाे ।

No comments