मुख्य समाचार

१६अाै अनसन बस्न डाक्टर केसि ईलाम पुगे


सिन्धुली पाैष २५गते
सरकार र डा.गोविन्द केसीबीच भएको संझौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ। समितिको बुधबार बसेको बैठकले पारित गरेको हो। २३ सदस्यीय समिति मा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन्।कांग्रेस सांसद गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग संझौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए।

उनले डा. केसीसँग गरिएको संझौता अक्षरश:कार्यान्वयन हुनुपर्ने माग गरेका थिए। उनको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप-समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य छलफल गरी पारित गरेका थिए। बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले संझौता अनुसार विधेयक पारित गरिएको दावी गरे।डा . गोविन्द केसीले इलामबाट १६ औं अनसन सुरु गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गरेर ६ बुँदे माग सार्वजनिक गर्दै केसीले साँझ पाँच बजेबाट १६ औं अनसन सुरु गरेका हुन्। 

सरकार र केसीबीच भएको सम्झौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकि त्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बुधबार बहुमतले पारित गरेपछि उनले अनसन सुरु गरेका हुन्। उनले अहिले देशमा भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भा ग्यपूर्ण हो’, केसीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधमा उन्मुक्तिको व्यवस्था गर्न लागिएको प्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ।

’केसीले बारम्बार सरकार र सांसदलाई विगतको सम्झौता स्मरण गराउँदै सो अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा त्यस विपरित माफियामुखी बुँदा समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकोप्रति आपत्ति जनाउँदै अनसन सुरु गरेका हुन्।

No comments