मुख्य समाचार

सार्बजनिक यातायातको भाड बृद्धी हुँदै


सिन्धुली फागुन १३गते
सार्वजनिक यातायातमा नयाँ भाडादर कायम हुने भएको छ । व्यवसायीहरुको दवावपछि यातायतको भाडा बढाउन लागिएको हो । असोजमा १० प्रतिशत भाडा वृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुन भाडा वृद्धि गर्न लागेको हो । सरकार र यातायात व्यवसायीबीच असोजमा भएको चार बुँदे सम्झौता अनुसार वैज्ञानिक तवरले भाडादर र कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनमा आधारमा मंसिरमा भाडादर समायोजन हुने उल्लेख गरिएको थियो ।


 सोही आधारमा सार्वजनिका सवारी साधनको भाडा बढाउन लागिएको हो । अब सार्वजनिक भाडादर निर्धारण गर्दा पेट्रोलियम पदार्थलाई ३५ प्रतिशत र बाँकी राजश्व वृद्धि, ,मजदुर ज्याला, पाटपुर्जा,महँगी लगायतका १८ वटा सूचीका आधारमा ६५ प्रतिशत मुल्य समायोजन गरिनेछ ।

No comments