मुख्य समाचार

डाक्टर केसि ले शुक्रबार अनसन ताेडे

सिन्धुली माघ १९गते
विगत २४ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीले आफ्नो अनशन तोड्नु भएको छ । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै केसीले अनशन तोडनु भएको हो । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवदेखि लिएर नागरिक समाजकसा अगुवाहरुको आग्रहमा डाक्टर केसीले अनशन तोडनु भएको हो । उहाँलाई त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र नागरिक समाजका अगुवा दमननाथ ढुंगानाले जुस पिलाएर अनशन तोडाउनु भएको थियो ।

No comments