मुख्य समाचार

सिन्धुली काे जगाडि र सिथाैलि जाेडने पुल उद्घाटन

सिन्धुली माघ २४गते
देशको विकास हुदाँ नेकपा पार्टीको मात्र नभई सम्पुर्ण नेपालीको भएको कारण विकासमा राजनीतिक नगरी सत्तापक्ष प्रतिपक्ष नभनि हातेमालो गरी समृद्ध नेपाल, सुखी नेपाली संकल्पलाई पुरा गर्न आवश्यक छ” । काँगे्रसको सरकारको पालमा करिव १२ पटक अनसन बसेका डा। गोविन्द केसिको मागको बेवास्ता गर्ने अनि जव–जव देशमा कम्युनिष्ट सरकार वन्छ तव–तव डा। केसिको विषय लिएर राजनीति गर्ने गरेको आरोप लगाएका छन् । सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा हामी पानिजहाजको केन्द्रिय कार्यालय उदघाटन गर्दैछौं । पूर्व पश्चीम उत्तर दक्षिण रेल मार्ग, विधुतीय रेल, काठमाण्डौं केरुङ रेल मार्ग निर्माण लगायतका कामलाई सरकारले प्राथामिकताको साथ अगाडि बढाईरहेको मन्त्री महासेठले बताए । सरकार बनेको एक वर्ष विती नसक्दा जनताले सोचेको भन्दा चमत्कारी तरिकाले काम गरेको कारण काँग्रेस फेरी पनी अर्को निर्वाचनमा नेकपाको वहुमत आई फेरी कम्युनिष्टकै सरकार आउने डरले आत्तिएको महासठले बताए । सिन्धुलीको दधौली नगरपालिका वडा नं। ४ हर्साही (जगाडी) र वडा नं. ६ सिर्थोली (खनिया) जोड्ने पुलको उद्घाटनको क्रममा मन्त्री महासेठले यस्तो बताएका हुन । पुल नहुदा बर्ष याममा त्यस क्षेत्रका सयौ सर्वसाधरणले ज्यान गुमाउनु परेको थियो । पुल योजना पुर्वी क्षेत्र सेक्टर नं। १ धरानको करिव ६१ करोडको लगानीमा ५०० मिटर पुल निर्माण सम्पन्न भएको छ ।

No comments