मुख्य समाचार

दुई दिदी र भाइ ले गरे आफ्नै भाईकाे हत्या

सिन्धुली माघ २३:
आफ्नै भाईको हत्याको आरोपमा दुइ दिदी र एकजना भाइ पक्राउ परेका छन् । गत मंसिर १२ मा भानु–९ काउरेटारका २६ वर्षीय राजु विकको हत्या भएको थियो । स्थानीय रामप्रसाद हडखलेको बारीमा सिंचाइका लागि खनेको इनारबाट दुर्गन्ध आएपछि गत सोमबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँ सडेको अवस्थामा लास फेला पर्‍यो । अनुसन्धानका क्रममा घटना दुई महिनाअघिको र संलग्नहरू मृतकका दिदीहरू र भाइ भएको खुलेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । पक्राउ पर्नेमा राजुकी दिदीहरू २८ वर्षीया मनकुमारी विक, ३५ वर्षीया मनमाया र भाइ २४ वर्षीय आयुष छन् ।‘घरायसी झगडापछि दिदीभाई मिलेर हत्या गरेको खुलासा भएको छ,’ एसपी शाहले भने,‘गत मंसिर १२ गते दिदीभाई मिलेर चिर्पटले हिर्काएर,नाम्लोले घाँटी अँठयाएर मारेपछि लास लुकाएको भन्ने खुलेको छ ।’ पक्राउ पछिको प्रारम्भिक बयानमा उनीहरूले कसुर सकारेको उनले बताए । तीनै जनाविरुद्ध प्रहरीले कर्तव्यज्यान कसुरको मुद्दामा कारबाही चलाउन अदालतबाट अनुसन्धान म्याद लिएको छ ।

No comments