मन्त्री बर्षमान पुन काे स्वास्थ मा क्रमीक सुधार हुँदै
सिन्धुली फागुन १७:
ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि बिहीबार अपराह्न उपचारका लागि थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । मन्त्री पुन बेहोस भएपछि अस्पताल गर्न गरिएको हो । मन्त्री क्वाटरमै भेटघाटमा व्यस्त रहेका वेला शौचालय जाँदा अकस्मात रिंगटा लागेर लड्नु भएकाे थियाे ।
मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य हुने क्रममा रहेको अस्पताल स्रोतले जनाएको छ । मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु, नेकपाका नेताहरु नर्भिक पुग्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्री पुनको उपचारमा हरसम्भव प्रयत्न गर्न चिकित्सकहरूलाई अनुरोध गर्नुभएको छ । मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे कृषिमन्त्री चक्रपाणि खनाल बलदेव, वनमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वगृहमन्त्री जनार्दन शर्मा, गृहसचिव प्रेमकुमार राईले जानकारी लिनु भएको छ ।




No comments