सिन्धुली मा बिप्लव काे बन्द सामान्य प्रभाव
सिन्धुली फागुन ३०:
सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडी लगायत आसपासका क्षेत्रमा बन्दको असर परेको छ । सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीका प्रायःसबै व्यपार व्यवसाय,कल कारखानाहरु,आसिंक रुपमा बनद रहेका छन् भने जिल्लाका सबै शैक्षिक सस्थाहरु पुर्ण रुपमा बन्द रहेका छन् ।
सिन्धुली जिल्लामा पर्ने वीपी, मध्यपहाडी लोकमार्ग लगायत ग्रामिण सडकहरुमा यातायातका साधनहरु पुर्ववत रुपमा संचालन नहुँदा सामान्य जनजीवनमा प्रभावित बनेको छ । स्थानीय प्रशासनले सदरमुकाम सिन्धुलीमाडीमा कडा सुरक्षा व्यवस्थाकालागि सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति जारी राखेको छ ।



No comments