मुख्य समाचार

मासु खान नपाकाे झाेकमा श्रीमान काे कुटाई बाट श्रीमती घाइते


सिन्धुली फागुन २९गते
ओखलढुंगामा श्रीमानको कुटपिटबाट श्रीमती सख्त घाइते भएकी छिन् । मानेभञ्ज्याङ गाउँपालिका -१ मोलीका भैमान रुम्दालीले श्रीमती निर्मला राईलाई निर्घात कुटपिट गरेका हुन् । श्रीमानको कुटाईबाट निर्मलाको अनुहारसहित शरीरभरि निलडाम छन् । उनको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ । श्रीमानले खुकुरी, मिख्चरको तारसहित अगाडि भेटिएका हातहतिहार प्रहार गरेका थिए ।

 निर्मलालाई गाउँलेले अस्पताल पुर्याएका थिए । आइतबार साँझ बेलुकीको खाना खाने विषयमा उत्पन्न भएको विवादपछि निर्मलालाई श्रीमानले कुटेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । ‘भैमानले देवताका नाममा भएको पूजाको मासु ल्याएको र घरमा बस्ने अरु मान्छेले मासु नखाने भएकाले निर्मलाले पकाउँदिन भनेपछि विवाद भएको रहेछ’ प्रहरी प्रमुख मल्लले भने ‘श्रीमानलाई मासु खान मन लागेको श्रीमतीले पकाउन नमानेको निहुँमा भैमानले श्रीमती कुटेछन् ।

No comments